Logo

विशेष

धान उत्पादनमा यो वर्ष उल्लेख्य बृद्धि



विराटनगर । अन्न उत्पादनका लागि उर्बर मानिने कोशी प्रदेशमा यो वर्ष धान उत्पादनमा उल्लेख्य बृद्धि भएको छ । यो प्रदेशमा हालसम्मकै बढी धान उत्पादन भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । यो हालसम्मकै बढी उत्पादन भएको जनाइएको छ ।

आर्थिक वर्ष २०७७–७८ मा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ ।

यस वर्ष धान लगाइएको क्षेत्रफल केही घटेको भए पनि उत्पादकत्व बढ्दा उत्पादनमा सकारात्मक प्रभाव परेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए ।

कोशीमा यो वर्ष एक हेक्टर जग्गा बराबर ४.४३ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

उन्नत जातको बिउ प्रयोग भएको, रोगको प्रकोप उति नपरेको, मल समयमै उपलब्ध भएको साथै मौसम अनुकूल भएकाले उत्पादनमा उल्लेख्य बृद्धि भएको जनाइएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १ : २६ बजे