Logo

मुख्य समाचार

अर्थमन्त्री डा.महत भारततर्फ



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत भारत गएका छन् । उनी मंगलबार(आज)११ बजे भिस्तारा एयरको उडानबाट नयाँ दिल्ली गएका हुन् । दिल्लीबाट उनी गुजरात जानेछन् ।

यही पुस २५ देखि २७ गते (जनवरी १० देखि १२ तारिख)सम्म गुजरातस्थित गान्धीनगरमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट (भीजीजीएस)मा नेपालको प्रतिनिधित्व गर्दै डा.महत त्यता गएका हुन् ।

डा.महतका प्रेस सल्लाहकार प्रकाश थापाका अनुसार डा.महतले समिटमा आफ्नो विशेष प्रश्तुती दिने र भारतीय उद्योगीहरुसँग भेट गर्ने क्रार्यक्रम छ । उनी शुक्रबार विहान काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

१०औं संस्करणको समिटमा विदेशी लगानीकर्ता र उद्योगीलाई गुजरातमा लगानीका लागि प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ ।

सन् २००३ देखि प्रत्येक दुई–दुई वर्षमा आयोजना हुँदै आएको समिट यसपटक चार वर्षपछि आयोजना हुन लागेको हो ।

यसअघि सन् २०२२ को जनवरी १० देखि १२ सम्म समिट आयोजना हुने तय भएकामा कोभिड १९ महामारीका कारण स्थगित भएको थियो ।

समिटको पूर्वसन्ध्यामा भारतले नेपाललाई साझेदार देश भन्दै स्वागत गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणलगत्तै डा.महतको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १२ : ०० बजे