Logo

मुख्य समाचार

जसपाको राजनीतिक समितिको बैठक बुधबार बस्ने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बुधबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार बैठक बुधबार र बिहीबार चल्नेछ ।

बैठकमा पार्टीको राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुने र त्यही प्रतिवेदनमाथि छलफल हुने उनले बताए ।
त्यस्तै, पार्टीको आगामी महाधिवेशन र यसबीचमा भएका पार्टीका गतिविधिहरूको प्रगति विवरण समीक्षा हुनेछ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : ५५ बजे