Logo

Breaking News 1

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने



काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : २७ बजे