Logo

खेलकुद

पाँचौं बकैया कप फुटबल प्रतियोगिता भोलिदेखि



काठमाडौं । पाँचौं बकैया कप फुटबल प्रतियोगिता भोलिदेखि मकवानपुरको बकैयामा सुरु हुँदैछ ।

बकैया खेलकुद विकास समितिको आयोजनामा बकैया गाउँपालिका–३ स्थित बकैया रंगशालामा हुने खेलको उद्घाटन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा सिनियर र जुनियर टिमबीच फरक–फरक प्रतिस्पर्धा गराइने जनाइएको छ । यस वर्षको उपाधि वजेता जुनियर टिम आगामी वर्षमा सिनियर टिममा बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम कमजोर टिम जुनियर टिममा घटुवा हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, उपाधि विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ । फाइनल खेल पुस २९ गते हुनेछ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : ५२ बजे