Logo

Breaking News 1

भागबण्डामा चित्त बुझाउने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनले गरेको भागबन्डाअनुसार सहभागी हुने भएको छ ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले असन्तुष्टिसँगै गठबन्धनले गरेको भागबन्डाअनुसार चुनावमा सहभागी हुने निर्णय लिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनले भने,‘हाम्रा असन्तुष्टिहरु छन् । यी असन्तुष्टिहरुले कहाँ कहाँ कस्ता प्रभाव पार्छ थाहा छैन, समयले देखाउँदै जाला । अहिलेलाई यो निर्वाचनमा अगाडि बढ्नुपर्छ भन्ने निर्णयमा पुगेका छौं । नाम आज एकपटक गठबन्धनको बीचमा फेरि छलफल भएर साँझसम्म आउँछ ।’

नामका लागि अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई जिम्मा दिइएको उनले जानकारी दिए ।
सत्ता गठबन्धनको शनिबार बेलुकी बालुवाटारमा भएको बैठकले एकीकृत समाजवादीलाई दुई सीट दिने सहमति गरेको थियो । राष्ट्रिय सभा सदस्यको १९ सीटका लागि माघ ११ मा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ४ : ३५ बजे