Logo

राजनीति

भागबन्डामा एकीकृत समाजवादी असन्तुष्ट, अध्यक्ष नेपालले बोलाए पार्टीको बैठक



काठमाडौं । राष्ट्रियसभाको सीट भागबन्डामा असन्तुष्टि जनाएको नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी मुख्यालय आलोकनगरमा केही बेरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

राष्ट्रियसभाको १९ सीटमा कांग्रेसलाई १०, माओवादीलाई ६, नेकपा एसलाई २ र जसपालाई १ सीट दिने सहमति बनेको कांग्रेस नेता रमेश लेखकले दाबी गरेका छन् । तर, उपाध्यक्ष राजेन्द्र पाण्डेले त्यो गठबन्धनले भाग लगाइदिएको भएपनि आफूहरूको सहमति नरहेको बताए ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ११ : ५३ बजे