Logo

राजनीति

राष्ट्रियसभा उम्मेदवार छनोटका लागि माओवादीको बैठक बस्दै



काठमाडौँ । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ । गठबन्धन दलहरूको बैठक सकिए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

शनिवार राति चार दलबिच सिट बाँडफाँटमा सहमति भएको थियो । तर जसअनुसार माओवादीले ६ सिट पाउने भनिए पनि एकीकृत समाजवादीले थप एक सिट दाबी नछाडेपछि अहिले गठबन्धनको बैठक बसिरहेको छ । नेताहरूका अनुसार बैठकमा सातै प्रदेशमा क्लस्टर मिलाउने काम भइरहेको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ११ : ३१ बजे