Logo

राजनीति

सत्तारुढ तीन दलको बैठक बालुवाटारमा सुरु



काठमाडौँ । सत्तारुढ तीन दलको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरूबिच भागबन्डा टुङ्ग्याउने विषयमा छलफल हुनेछ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरू सहभागी रहेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा पहिले तीन दलको बैठक बस्ने र फेरि सत्तारुढ अन्य दलसहित बैठक बस्ने तय भएको जानकारी दिए ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ५ : २८ बजे