Logo

राजनीति

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ७ : ३२ बजे