Logo

राजनीति

श्रमडेस्क किन हटाउनुपर्यो ? : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगन थापाले श्रमडेस्क हटाउने कुरा औचित्यपूर्ण नभएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरर्गतको कानुन , न्याय तथा मानव अधिकार समितिमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरुको सुरक्षा सबैभन्दा महत्वपूर्ण जिम्मेवारी भएकाले त्यसको अभिन्न अङ्ग श्रमडेस्क हटाउने कुरा औचित्यपूर्ण नभएको बताएका हुन् ।

उनले भने,‘हामीले श्रम आप्रवास नीति राम्रोसँग बनाएका छैनौं । हाम्रा मान्छे बाहिर जान्छन् । हामी चाहेर पनि स्वदेशमा धान्न सक्दैनौं र जाने मानिसको सुरक्षा सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो । त्यसको अभिन्न अङ्ग श्रमडेस्क हो । त्यसैले श्रमडेस्क अनलाइनबाट हटाउने भन्ने कुरा औचित्यपूर्ण  हुँदैन् । बरु श्रम डेस्कलाई कसरी प्रभावकारी बनाउने छलफल गरौं ।’

उनले अनलाइन सञ्चारमाध्यमको व्यवस्थापन गर्न छुट्टै छाता ऐनको आवश्यक पर्ने बताए । कानुन ल्याउन ढिलाई गर्ने र कतिपय कानुन ल्याउँदा नियत ठिक नराखी काम चलाउको बाटो रोजेको बताए । अनलाइन संचारमाध्यमहरुलाई व्यवस्थित गर्नुपर्ने औंल्याउँदै थापाले सम्पूर्ण सञ्चारमाध्यका लागि छाता ऐन ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : १९ बजे