Logo

समाचार

नेपालको पूर्वाधार विकासमा स्वदेशी उत्पादन प्रयोग गरौं : मन्त्री गुरुङ



काठमाडौं । सहरी विकासमन्त्री सिता गुरुङले नेपालको पूर्वाधार विकासमा स्वदेशकै उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएकी छिन् ।

काठमाडौंको भृकृटीमण्डपमा शुक्रबारबाट सुरु भएको नवौं नेपाल उड प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री गुरुङले स्वदेशमा नै उत्पादित वस्तुहरु पूर्वाधार विकासको काममा प्रयोग गर्नुपर्ने सरकारको निर्णय भएतापनि आम जनतामा विश्वसनीयता नहुँदा कार्यान्वयन हुन नसकेको बताइन् । उनले आगामी दिनमा त्यसका लागि नीति लागू गरेर नेपालमै उत्पादित वस्तुको बजार र पहिचानको व्यवस्था गर्ने प्रतिबद्धता जनाइन् ।

मन्त्री गुरुङले भनिन्,‘नेपालमा असम्भव केहीपनि छैन् । नेपाली उत्पादनले अन्तर्राष्ट्रिय मापदण्डलाई पछ्याउँदै नयाँ डिजाइन तयारी गरी काम गर्न सकिन्छ । त्यसका लागि नेपाली उद्योगहरु सक्षम छन् ।’

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले संयुक्त रुपमा आयोजना गर्दै आएको प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ कच्चा पदार्थलगायतका स्टलहरु राखिएको छ । उक्त प्रदर्शन पुस २० देखि २२ गतेसम्म संचालन हुनेछ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ०४ बजे