Logo

मुख्य समाचार

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको राजीनामा माग्दै मार्चपास



काठमाडौं ।सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरूद्ध मार्चपास गरेको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको ‘राज्य आतंकविरूद्ध’ भन्दै नेविसंघले शुक्रबार मार्चपास गरेको हो। नेविसंघले केन्द्रीय समितिको आयोजनामा भएको मार्चपास अनामनगरदेखि सुरू भएर बालुवाटारतर्फ लम्किएको छ।

‘सुन, एनसेललगायत भ्रष्टाचार प्रकरणमा जोडिएकालाई कारबाही नगरी आफूनिकट मान्छेको नाम आउँदा सरकार मौन बसेकोले खबरदारी गरेका हौं,’ उनले भने, ‘रोजगारी मागेका युवालाई बालकुमारीमा गोली हान्ने काम गरेकोले पनि हामीले प्रधानमन्त्रीको राजीनामा मागेका हौं।’

नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेकोले मार्चपास गरिएको बताए। उनीहरूले सत्तास्वार्थमा प्रचण्ड सरकार लिप्त भएको आरोपसमेत लगाएका छन्।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  २ : ३६ बजे