Logo

खेलकुद

यू-१९ विश्वकप खेल्ने नेपाली टोली घोषणा



काठमाडौं । यसै महिना दक्षिण अफ्रिकामा हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटका लागि नेपाली युवा टोलीको घोषणा गरिएको छ । विश्वकप क्रिकेटमा नेपालले देव खनालको कप्तानीमा खेल्ने छ । विश्वकपमा नेपाल समूह डीमा रहेको छ ।

नेपालको समूहमा न्यूजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् । नेपालले विश्वकपको पहिलो खेलमा न्युजिल्याण्डसँग २१ जनवरीमा खेल्ने छ भने २४ जनवरीमा पाकिस्तान र समूह चरणको अन्तिम खेलमा जनवरी २७ मा अफगानिस्तानसँग खेल्ने छ ।

शुक्रबार नै विश्वकपका लागि दक्षिण अफ्रिका जाने टोलीले पहिला अभ्यास खेल खेल्ने छ । १३ तारिखमा स्कटल्याण्ड र १६ तारिखमा वेस्टइन्डिजसँग अभ्यास (वार्मअप) खेल खेल्ने छ ।

आईसीसी यु १९ विश्वकप एसिया छनोटमा नेपालले युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको थियो । प्रतियोगिता सुरुमा श्रीलंकामा आयोजना हुने तय भए पनि आइसीसीले श्रीलंकन क्रिकेट बोर्डलाई निलम्बन गरेपछि विश्वकप दक्षिण अफ्रिकामा सारिएको हो ।

विश्वकपको समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ‘बी’ मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । समूह ‘सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । समूह ‘डी’मा नेपाल, न्यूजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् ।

यु १९ विश्वकप क्रिकेट खेल्ने नेपाली टिम यस प्रकार छ ।

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : ०० बजे