Logo

Breaking News 1

राष्ट्रियसभा सदस्य निर्वाचन : आज मतदाता नामावली प्रकाशन गरिने



काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदाता नामावली प्रकाशन गरिने छ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने छ ।

प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ६ : १५ बजे