Logo

समाचार

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक, झन्डै तीन दर्जन शृंखला खेलाइने



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो २०२४ को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिकामा नेपालको पुरुष तथा महिला टोली, ‘ए’ टिम तथा उमेर समूहका खेलाडीले विभिन्न प्रतियोगिता रहेको छ । क्यानले ए टिम पहिलो पटक घोषणा गर्न लागेको हो ।

क्यानले यो वर्ष राष्ट्रिय टोलीको पुरुष र महिला तथा यू–१९ टोलीले झन्डै तीन दर्जन शृंखला खेल्ने जनाएको छ । नेपालले फेब्रुअरी १० देखि १४ सम्म क्यानडासँग तीन खेलको ओडीआई सिरिज खेल्ने तालिका छ ।

२७ फेब्रुअरी ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिवि मैदानमा त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । १९ मार्च देखी ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’ सँग ५ एकदिवसीय र तीन टी–२० खेल खेल्ने तालिकामा उल्लखे छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ३ : ५९ बजे