Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ २२ पैसा र बिक्री दर १४५ रुपैयाँ ८८ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८३ पैसा र बिक्री दर १६८ रुपैयाँ ५९ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ६ : ५१ बजे