काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार झन्डै २८ अंकले बढको छ । आज नेप्से २७.९० अंकले बढेर २,०५८.०० को विन्दुमा पुगेको छ ।
आज ३०६ धितोपत्रको एक करोड पाँच लाख ४९८ कित्ता सेयर चार अर्ब चार करोड ८८ लाख ५७ हजार ८५७ रुपैयाँमा किनबेच भयो । आज १३ वटै उपसमूहको समूहगत सूचक बढेको छ । हाइड्रोपावर उपसमूहको समूहगत सूचक ३.०८ बढेको छ ।
पाँचवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लगेको छ । आज लक्ष्मि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५।१० प्रतिशत, प्रभु स्मार्ट फन्डको ४।८१ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया