Logo

Breaking News 1

कुङफु खेलाडी राई अमेरिकामा सम्मानित



काठमाडौं । उमा कुङफुका अन्तर्राष्ट्रिय निर्णायक एवं भेट्रान खेलाडी संजीतकुमार राई सम्मानित भएका छन् ।

किरात राई समाज अमेरिकाले खेलकुदको माध्यमबाट नेपाल र समुदायको प्रतिष्ठा अभिवृद्धि गरेको भन्दै उनलाई टेक्सासमा आयोजित समारोहमा सम्मान गरेको हो ।

राईलाई सिटी अफ अर्भिङका डेपुटी मेयर डेनिस वेव, किरात राई समाज, अमेरिकाका अध्यक्ष खगेन्द्र राई र किरात राई समाज, अमेरिका (टेक्सास च्याप्टर) का अध्यक्ष दिलीप राईले प्रशंसापत्र प्रदान गरे ।

राष्ट्रिय उमा कुङ फु प्रतियोगितामा दुई पटकका राष्ट्रिय च्याम्पियन बनेका संजीत स्लोभेनियामा भएको डब्लुएमएसी उमा विश्व च्याम्पियनसिपका स्वर्ण विजेता पनि हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

नेपाल उमा कुङ फु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका संजीत अमेरिकामा हुने ब्याटल अफ द ड्रागन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न र निर्णायकको भूमिका निर्वाह गर्न हाल अमेरिकामा छन् ।

सम्मानित भएपछि संजीतले सम्मानले खेलकुदमा अझ सक्रिय भएर अगाडि बढ्न प्रेरित गरेको बताउदै सम्मानका लागि किरात राई समाजलाई धन्यवाद दिए ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ०३ बजे