Logo

राजनीति

संविधानलाई पूर्णता दिने बेला भयो : शरतसिंह भण्डारी



काठमाडौं । श्रम, रोजगार तथा यातायात मन्त्री शरतसिंह भण्डारीले संविधानलाई पूर्णता प्रदान गर्दै कार्यान्वयनमा लाने प्रतिबद्धता आजको आवश्यकता भएको बताएका छन् ।

नेपाली कांग्रेसले ४८औं मेलमिलाप दिवसका अवसरमा सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले संविधानलाई पूर्णता दिन गम्भीर छलफल गर्नुपर्ने बताए ।

यस्तै, उनले नेपालको युवाहरु बाहिरिएको अवस्थामा नेपालमा केही हुँदैन भन्ने भाष्य निर्माण गर्ने नभइ रोजगारी सिर्जना जरुरी रहेकाले सबै मिलेर यसमा लाग्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपालको युवाहरु बाहिरिएको अवस्थामा नेपालमा केही हुँदैन भन्ने भाष्य निर्माण गर्ने हो की केही हुन्छ गर्न सक्छौ भन्ने अवस्था सिर्जना गर्ने ? यसका लागि सम्पूर्ण साथीहरुलाई आगामी दिनमा नेपालमा आन्तरिक रोजगारीको प्रवद्र्धन कसरी गर्ने, अवसर कसरी सिर्जना गर्ने र युवाहरुलाई देशमा कसरी रोक्न सक्छांै भन्ने विषयमा हामी सबै मिलेर लागौ भनेर आह्वान गर्न चाहन्छु ।’

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ५ : २८ बजे