Logo

Breaking News 1

गृहमन्त्रीको पहलमा छुटे जनमतका मन्त्री,सांसद र नेताकार्यकर्ता 



काठमाडौं । ‘धोती दिवस’ मनाउन भन्दै निषेधित क्षेत्र माइतीघरतिर अगाडि बढिरहेका बेला पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतलाई प्रहरीले चार घण्टापछि छाडेको छ । उनीहरुलाई गृहमन्त्री आफैं भृकुटीमण्डप पुगेर रिहा गराए ।

सोमबार दिउँसो गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं नेपाल प्रहरी क्लब भृकुटीमण्डप पुगेर उनीहरुलाई छुटाएका हुन् ।

‘गृहमन्त्री श्रेष्ठले आफूहरुबाट भएको कमीकमजोरी स्वीकार्दै आफ्नै उपस्थितिमा सबै आन्दोलनकारीलाई रिहाई गराएको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।

अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै जनमत पार्टीका नेता–कार्यकर्ताहरु आज बिहान ‘धोती दिवस’ लेखिएको ब्यानरसहित नारा लगाउँदै प्रहरीको घेरा तोडेर माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको हो ।

निषेधित क्षेत्रमा भेला हुन खोजेपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । सो क्रममा प्रहरीसँग उनीहरुको धकेलाधकेल भएको थियो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समेत माइतीघरलाई निषेधित क्षेत्र तत्काल हटाइनुपर्ने आवाज सांसदले उठाएका थिए । त्यसपछि गृहमन्त्री आफैं पुगेर पक्राउ परेकालाई रिहा गराएका हुन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ३८ बजे