Logo

मुख्य समाचार

गृहमन्त्री श्रेष्ठको राजीनामा माग



काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिएको छ ।

सोमबार बसेको समितिको बैठकमा सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘मन्त्रीज्यू, तपाईं राजीनामा दिनुस् । छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो । अब तपाई राजीनामा दिनुस्, दिनैप¥यो ।’

उनले युवाले विदेश गएर काम गर्छु भन्दा गोली हानेर मार्नेले राजीनामा नदिएर कस्ले दिन्छ, भन्दै प्रश्न समेत गरेका छन् ।
उनले गृहमन्त्री श्रेष्ठले मुलुक चलाउन नसकेको भन्दै असन्तुष्टि किन भयो भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १० : ५७ बजे