Logo

Breaking News 1

बालकुमारी घटना छानबिन उच्चस्तरीय समितिले गर्ने



काठमाडौं । सरकारले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय  समिति गठन गर्ने भएको छ । बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको  हो ।

यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् । सोमबार हुने मन्त्रिपरिषद् बैठकले गठन गर्ने समितिले छानबिन तत्काल सुरु गर्ने बैठकका सहभागी  कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने ‘बालकुमारी गोल काण्डबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रधानमन्त्रीजीले गृह मन्त्रालयलाई निर्देशन दिनुभयो । गृह मन्त्रालयले भोलि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव ल्याएर निर्णय गरी आयोगले काम गर्ने व्यवस्था मिलाउने कुरा भएको छ ।’

कोरियाली भाषा परीक्षामा सहभागिताका लागि भएको प्रदर्शनमा प्रहरीको बल प्रयोग र गोलीबाट बालकुमारीमा शुक्रबार अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने सरकारी गाडीमाथि आगजनी भएको थियो । घटनाका पीडित परिवारले अझै शव बुझेका छैनन् । न्यायिक छानबिनसँगै दोषीमाथि कारबाहीका माग गर्दै प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ५ : १३ बजे