Logo

Breaking News 1

ग्राउन्ड ह्यान्डलिङ नेवानिकै हुन्छ : मन्त्री किराती



 काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेवानि)ले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिने बताएका छन् ।

आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औं वार्षिकोत्सवमा मन्त्री किरातीले नेवानिले विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोस्ने स्पष्ट पारे । उनले निगमको ह्यान्डलिङ सेवा खोस्ने कोसिस नगर्न पनि प्राधिकरणलाई चेतावनी दिएका छन् । 

‘वायुसेवा निगमलाई बचाउनको निम्ति अहिले ग्राउन्ड ह्यान्डलिङ चाहिन्छ । यो बटमलाइन हो । अर्को निर्णय नहुन्जेलसम्म यो विषयमाथि तपार्इंहरुले कुरा उठाउनु भयो भने त्यो नीति र नेतृत्वमाथि हस्तक्षेप हुन जान्छ । अब यो कुरा उठेमा त्यो राज्यको नीति माथि नै प्रश्न हुनेछ ।’

किरातीले राज्यले दिएका जिम्मेवारीलाई पूरा गर्नतर्फ लाग्नुर्नेमा कर्मचारीलाई जोड दिँदै ग्राउण्ड ह्यान्डलिङको विषय आज उप्रान्त नउठाउन निर्देशन लिए ।

‘नेवानिले पाएको अधिकार खोस्ने कुरामा सधैं प्रश्न उठ्छ, किन उठिरहन्छ यो कुरा ? यसलाई नउठाउनको लागि गम्भीरताको साथ म निर्देशन दिन्छु । निर्देशन गर्दा पनि कुरा उठाए त्यो राम्रो हुँदैन भन्ने कुरा बुझ्नुहोला’, मन्त्री किरातीले भने ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ३ : ११ बजे