Logo

Breaking News 1

कमसल सामग्रीले प्रसुती गृह भवन बन्दै



रौतहट । प्रादेशिक अस्पताल गौरमा निर्माणाधीन प्रसुति गृहको भवनमा मापदण्ड विना कमसल निर्माण सामग्री प्रयोग गरेको अस्पताल व्यवस्थापनले बताएको छ ।

निर्माणाधीन भवनमा प्रयोग भएका ईटा, बालुवा लगायतका सामग्रीहरु गुणस्तरहिन पाएपछि आफूले ठेकेदारलाई पटक पटक चेतावनी दिँदा समेत सुधार नगरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अनवर हास्मीले बताए । 

शहरी विकास मन्त्रालयको ७ करोड़ ६७ लाख ४ हजार १ सय ४७ रुपैयाँ ४८ पैसामा दिवा आरपि जेवि गौरले निर्माणको जिम्मा लिएको हो । उक्त भवन नेपाल सरकारको बजेटमा सघन शहरी तथा भवन निर्माण कार्यालय वीरगंजको निगरानीमा निर्माण काम भै रहेको जनाईएको छ । भवन निर्माण गर्ने जिम्मा लिएको निर्माण कम्पनीले भवन निर्माणमा प्रयोग गरेको कमसल निर्माण सामग्रीको सम्बन्धमा स्थलगत निरिक्षण गरी ल्याव परिक्षण गरी आउने प्रतिवेदनको आधारमा कÞानूनी कारवाही गर्नुपर्ने जरुरी रहेको देखिन्छ । यता, सघन शहरी तथा भवन निर्माण कार्यालय वीरगंज,पर्साका इंजिनियर मुकेश महतो कोइरीले थोरै मात्रामा २ नम्बरको ईटा प्रयोग भएको स्वीकार गरेका छन् । 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १२ : २४ बजे