काठमाडौं । आज पुस १५ गते, गुरूङ समुदायले तमु ल्होसार पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ ।
ल्हो को अर्थ वर्ष र सार को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई गुरूङ समुदायले तमु ल्होसार पर्वकारुपमा मनाउने गरेका छन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम हुँदैछन् ।
प्रतिक्रिया