Logo

Breaking News 1

जन्मोत्सवमा राजा वीरेन्द्रको सम्झना



ललितपुर । स्वर्गीय राजा वीरेन्द्र शाहको ७९ औं जन्मोत्सव शनिबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

दिवंगत राजाको जावलाखेल चोकमा रहेको सालिकमा माल्यार्पण र दीप प्रज्वलन गरिएको हो ।

उक्त कार्यक्रममा सहभागी उज्वलजंग शाहले राजा भए देश आजको अवस्थामा नपुग्ने भन्दै नेताहरुले वीरेन्द्रको कदमलाई पछ्याउन सक्ने हो भने अझै पनि देश नबिग्रिएको बताए ।

उनले भने, ‘छिन्नभिन्न भएर जाँदा यो देशको आजको अवस्था, रोजगारीको लागि युवाहरु बाहिर जादा मृत्यु भएको अवस्था देख्दा झनै राजाको सम्झना आउने रहेछ । आजको दिनमा उहाँ भएको भए हामीले यस्तो अवस्था भोग्न पर्दैन थियो होला तर आजका नेताहरुले उहाँको कदमलाई पछ्याउन सक्ने हो भने अझै पनि देश बिग्रिएको छैन् । केही सुधार हुन्छ की भन्ने मेरो विचार हो ।’

यस्तै सुशासन र जनताको शासनका लागि प्रयासरत रहने राजा आज नरहँदा देशले अराजकताको अवस्था भोगिरहेको पनि उनले बताए ।

राज वीरेन्द्रको जन्म २००२ साल पुस १४ गते भएको थियो । २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा उनको मृत्यु भएको थियो ।

उक्त हत्याकाण्डमा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति समेतले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ३ : ५५ बजे