Logo

Breaking News 1

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु



काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । आजको बैठकमा शुक्रबार बालकुमारी भएको प्रदर्शनका विषयमा छलफल तथा मृतकको परिवारलाई राहत दिने विषयमा निर्णय हुने बताइएको छ ।

शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरूबिच बालकुमारी घटनाको विषयमा छलफल भएको थियो । बैठकले प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको परिवारलाई राहत स्वरूप १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ३ : ०८ बजे