Logo

Breaking News 1

बालकुमारी घटना : मृतकका परिवारलाई सरकारले राहत दिने, मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका दुई जना युवकको परिवारले सरकारले राहत दिने भएको छ । शुक्रबार भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

राहतबारे निर्णय गर्न शनिबार दुई बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । यसअघि आज बिहान प्रधानमन्त्रीले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूसँग घटनाबारे ब्रिफिङ लिएका थिए । सो बैठकमा मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने विषयमा छलफलसमेत भएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  २ : २२ बजे