Logo

मुख्य समाचार

कांग्रेस केन्द्रीय समिति बैठक : सबैको आखा राष्ट्रियसभामा



काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रिय सभा उम्मेद्वारबारे अधिकासं केन्द्रीय सदस्यले चासो देखाएका छन् ।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने सांसदहरुले कसैले बारम्बार अवसर पाउने र कसैले कहिल्यै अवसर नपाउने अवस्था अन्त्यका लागि आवाज उठाएको प्रवक्ता मिन विश्वकर्माले जानकारी दिए ।

‘राष्ट्रिय सभामा उठ्ने वा उम्मेद्वार बनाइने व्यक्तिहरुको योग्यता र मापदण्ड तोक्नुपर्छ यसरी तोक्दा कसैलाई दोहो¥याई रहने र कसैले कहिल्यै पनि अवसर नपाउने नरहोस है भन्ने सबै केन्द्रीय सदस्यको चिन्ता र चासो छ ।

’उनले भने । राष्ट्रिय सभामा पार्टीले पाउने सिट संख्या र भागबन्डा पछि मात्रै यसबारे कुरा गर्न सकिने उनको भनाई छ । बैठक भोलि पनि जारी रहने छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ९ : ११ बजे