Logo

Breaking News 1

बालकुमारी घटनामा मेरो र मन्त्रालयको संलग्नता छैनः मन्त्री ज्वाला



काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शुक्रबार दुई जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा आफू र आफ्नो मन्त्रालयको कुनै संलग्नता नरहेको बताएका छन् ।

ईपीएस परीक्षामा सहभागी हुन नपाएका युवाहरुले शुक्रवार दिउँसो मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए ।

आगजनीपछि प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले नहुनुपर्ने घटना भएको भन्दै दुःख व्यक्त गरे ।

‘यो घटनामा मेरो र मेरो मन्त्रालयको कुनै सरोकार र सम्बन्ध छैन’, मन्त्री ज्वालाले भने, ‘बालकुमारी क्षेत्रमा जुन घटना भयो र हाम्रो गाडीमा समेत आगजनी भयो यसमा दुःख व्यक्त गर्छु ।’

आज नघट्नुपर्ने घटना भएको भन्दै उक्त घटनामा आफू र आफ्नो पार्टीको कुनै सम्बन्ध नभएको उनको दाबी छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : २२ बजे