Logo

Breaking News 1

यस्ता छन् बिहिबारको मन्त्रिपरिषद्ले गरेका निर्णय :



काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्ता छन् बिहिबार बसेको मन्त्रीपरिषद् बैठक निर्णयहरु :

१. नेपाल–चीन व्यापार तथा भुक्तानी सम्झौता, १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालको तर्फबाट मन्त्रालयका सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गठन गर्ने
२. आर्थिक वर्ष २०८०–८८१ को लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने
३. झुट्ठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, सिराहाबाट प्राप्त गरेका छ वटा नेपाली नागरिकताका प्रमाणपत्रहरु रद्द गरी निजहरुलाई नेपाली नागरिकबाट हटाउने
४.मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिलिपिन्सका लागि गैरआवासीय राजदुत तोक्ने
५. नेपाली सेनाका दुई जना सहायक रथीलाई उपरथी दर्जामा र नौ जना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने
६. तराई ÷मधेस द्रुतमार्ग सडक आयोजनाको सडक खण्ड निर्माणको लागि सर्तहरूको पालना गर्ने गरी मकवानपुर र वारा जिल्लाको राष्ट्रिय वनको कूल जम्मा ४०.१९ हेक्टर जग्गा प्रयोग गर्ने र सो वनमा रहेका चार हजार तीन सय ४५ गोटा रूख÷पोल कटान गर्न स्वीकृति दिने
७. स्वप्न बगैचा विकास समितिको रिक्त दुई सदस्यमा श्रृजना(मल्ल राणा र लोकभक्त समशेर जबरालाई नियुक्त गर्ने
८. बिक्रम संवत् २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने
९. संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको लागि जग्गा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८० स्वीकृत गर्ने
१०. खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम खाद्य सीमा निर्धारण गर्ने

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : १६ बजे