Logo

Breaking News 1

आरती साहले अझै न्याय नपाउनु लज्जास्पद : पूर्वमन्त्री खान



काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खानले आरती साहको रहस्यमय मृत्युबारे अझै सत्य तथ्य बाहिर नआउनु दुखद भएको बताएका छन् ।

काठमाडौंमा आयोजित आरती साहको न्यायबारे गरिएको एक अन्तरक्रिया कार्यक्रममा उनले घटना भएको १ सय ९७ दिन पुगिसक्दा पनि पीडित परिवारले न्याय नपाउनुले मानव अधिकारको दर्दनाक अवस्था दर्शाएको बताए।

‘यो घट्नाले स्पष्ट पारिरहेको छ ।  १ सय ९७ दिन वितिसक्दा पनि न्याय नपाउनुले मधेशमा मानव अधिकारको अवस्था कस्तो रहेको छ। ’ उनले भने, ‘ कुनैपनि मानव अधिकारको विषयमा सरकार गम्भिर देखिएको छैन ।’

पटक पटक सदनमा आरती साहको न्यायको माग गर्दापनि सरकार गम्भिर नभएको उनको भनाई छ ।

जनकपुरधाम उपमहानगरपालिका–९ की आरतीको शव घरमै झुन्डिएको अवस्थामा जेठ ७ गते आइतबार बेलुका फेला परेको थियो ।

उनको शरीरभरि जताततै नीलडाम देखिएकोले हत्या गरिएको दाबी माइत पक्षको छ ।

२२ वर्षीया आरतीको हत्या उनकै श्रीमान् मोतीबाबु, देवर रवि, ससुरा मोहन र सासू रेणुले गरेको आरोप आफन्तले लगाएका छन् ।

दुई वर्षअघि सामाजिक परम्परा अनुसार आरतीको विवाह मिथिला विहारी नगरपालिका–३ का मोतीबाबु साहसँग भएको थियो ।

अदालतको आदेश पछि साहका श्रीमान मोतीबाबु भने केहीदिनअघि पक्राउ परेका छन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ४ : ४९ बजे