Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७७ पैसा र बिक्री दर १३३ रुपैयाँ ३७ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४७ रुपैयाँ ६७ पैसा र बिक्री दर १४८ रुपैयाँ ३३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ८५ पैसा र बिक्री दर १७० रुपैयाँ ६१ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ४६ बजे