Logo

Breaking News 1

एनसेलको सेयरबारे छानबिनपछि मात्र सरकारले आवश्यक निणर्य लिन्छ : मन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको सेयर खरिदबिक्रीबारे अध्ययन तथा छानबिन समितिले सुझावसहितको प्रतिवेदन बुझाएपछि मात्र सरकारले आवश्यक निणर्य लिने बताएकी छन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहीबार मन्त्री शर्माले सरकारले दिएको कार्यादेशअनुसार समितिले छानबिन गरिरहेकाले सेयर खरिद बिक्रीको प्रक्रिया रोक्का रहेको बताइन ।

उनले भनिन् ‘छानबिन र अध्ययन समिति बनेको छ । अहिले त्यो समितिले काम गरिरहेको स्थिति हो । समितिलाई ३० दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यदेश छ । समितिले प्रतिवेदन बुझाएपछि मात्र सरकारले आवश्यक निणर्य गर्ने गरेर खरिदबिक्रीको प्रक्रिया रोकिएको छ ।’

दूरसञ्चार ऐनको संशोधनका लागि मन्त्रालयले तयारी सुरु गरेको जानकारी उनले समितिलाई दिइन् ।
गत मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिदबिक्रीका विषयमा अध्ययनका लागि पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ६ : २३ बजे