Logo

खेलकुद

अलस्टार्स स्पोर्ट्स एकेडेमीले विपन्न दुई महिला फुटबल खेलाडीलाई बार्षिक तलब दिने



धनगढी । धनगढीमा हालै स्थापना गरिएको अलस्टार्स स्पोर्ट्स एकेडेमीले विपन्न दुई महिला फुटबल खेलाडीलाई बार्षिक तलब दिने भएको छ । धनगढीमा आयोजित एक कार्यक्रमका बीच एकेडेमीले दुई जना महिला फुटबल खेलाडीलाई बार्षिक रुपमा जनही ४० हजार तलब दिने भएको हो ।

अलस्टार्स स्पोर्ट्स एकेडेमीले आर्थिक अवस्था कमजोर रहेका महिला फुटबल खेलाडी बिर्सना चौधरी र गोमा रोकायालाई जनही ४० हजार बार्षिक रुपमा दिने गरी सम्झौता गरेको हो । एकेडेमीका अध्यक्ष राघवेन्द्र कार्की तथा महिला फुटबल खेलाडीद्धय विर्सना र गोमाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

स्पोर्टस एकेडेमीले हालै चितवनमा भएको राष्ट्रिय महिला जेसिज कपको उपाधि समेत जितेको छ । फुटबलमा राम्रो क्षमता भएका तर आर्थिक अवस्था कमजोर रहेका अन्य महिला फुटबल खेलाडीहरुलाई आगामी दिनमा सम्झौता गर्दै जाने अलस्टार्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष राघवेन्द्र कार्कीले जानकारी दिए ।

बार्षिक रुपमा प्राप्त हुने रकमले पठनपाठन तथा घरायसी खर्च चलाउन सहज हुने खेलाडीहरुले बताएका छन् । उनीहरुले सो रकमले घर चलाउन र पठनपाठनमा सहयोग गर्दा आफुहरुलाई फुटबलमा आप्mनो क्षमता देखाउनका लागि मद्त मिल्ने बताएका छन् ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  २ : २७ बजे