Logo

Breaking News 1

सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ आजपनि



काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसाला हुने सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौंमा हिजोदेखि पुनः सुरु भएको सुनुवाइ नसकिएपछि सो क्रम सकिएमा आजै फैसाला हुने सम्भावना बढेको छ ।

बुधबार पनि सुनुवाइ नसकिए पछि जिल्ला अदालतले मुद्दालाई बिहिबारसम्मका लागि हेर्दाहेर्दैमा राखेको लामिछाने बिरुद्धको मुद्धामा सम्भवतः आज फैसला हुने सक्ने आंकलन गरिएको छ । हिजोको सुनवाइमा वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका थिए ।

बिहीबार ३ बजेसम्म बहस सक्ने तयारी भएको र त्यसपछि वादीका तर्फबाट जवाफी बहस सकाएर बिहीबार नै फैसला हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ८ : ०६ बजे