काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आज दोस्रो क्वालिफायरको खेल हुँदै छ । दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटीबीच खेल हुन लागेकाे हाे । यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुँदै छ ।
पोखरा पहिलो क्वालिफायरमा पेनाल्टी सुटआउटमा धनगढीसँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो भने ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।
आजको खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्ने छ । यस सिजनको फाइनल खेल शनिबार हुने तालिका रहेको छ ।
प्रतिक्रिया