Logo

मनोरञ्जन

कोरियाली अभिनेता ली सन–क्युन मृत फेला



काठमाडौं । कोरियन अभिनेता ली सन–क्युन लागुऔषधको अनुसन्धानका क्रममा मृत फेला परेका छन् ।

लागुऔषध प्रयोग कान्स अवार्ड विजेता फिल्म “प्यारासाइट” मार्फत विश्वव्यापी ख्याति कमाउने अभिनेता ली सन–क्युन लागूऔषध प्रयोगको आरोप चलिरहेको अनुसन्धानको क्रममा  बुधबार आत्महत्या गरेको अवस्थामा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार, एक दिनअघि सुसाइड नोट छोडेर घरबाट निस्किेका उनी फिर्ता नआएको बताए ।

यस्तै,आत्महत्या प्रयासको संकेतका आधारमा प्रहरीले उनलाई मध्य सियोलको जोङ्नो जिल्लाको पार्क नजिकै बिहान आफ्नै कारमा फेला पारेको बताइएको छ ।

उनी घटनास्थलमै मृत भेटिएको र शवलाई सियोल नेसनल युनिभर्सिटी अस्पताल लगिएको बताएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ५ : २८ बजे