Logo

Breaking News 1

रास्वपा सभापति लामिछानेको दबाब टोली बर्दघाटमा 



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितको दबाब टोली नवलपरासीको बर्दघाट पुगेको छ ।

बुटवल–नारायणगढ सडक विस्तारमा चरम ढिलासुस्ती भएपछि दबाब दिन सभापति लामिछानेले उक्त खण्डको पदयात्रा गरेका हुन् । चिनियाँ कम्पनीले ठेक्का पाएको पूर्वपश्चिम राजमार्गको उक्त खण्डमा काम अति सुस्त हुँदा सवारी आवागमनमा धेरै सास्ती छ ।

बर्दघाटमा लामिछानेको टोलीलाई पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले स्वागत गरेका छन् ।

सडक निर्माण भई सकिनुपर्ने समयमा बल्ल ४० प्रतिशत मात्र काम भएपछि पार्टीले दबाब यात्रा गरेका पार्टी जिल्ला संयोजक मदन पौडेलले बताए ।

दबाबमूलक पैदल यात्रा तेस्रो दिन बुधबार बर्दघाटबाट बुटवल पुगेर पुरा हुने छ । लामिछानेको टोलीले गत सोमवार पूर्वी नवलपरासीको गैंडाकोटमा ११३ किलोमिटर यात्रा सुरु गरेको थियो ।

रास्वपा सभापति लामिछानेको दबाब टोली बर्दघाट पुग्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको दबाब टोली पश्चिम नवलपरासीको बर्दघाट पुगेको छ ।

बुटवल–नारायण सडक निर्माणमा चरम ढिला सुस्ती भएपछि दबाब दिन सभापति लामिछानेको टोलीलाई बर्दघाटमा पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले स्वागत गरेका छन् ।

सडक निर्माण भई सकिनुपर्ने समयमा बल्ल ४० प्रतिशत मात्र काम भएपछि पार्टीले दबाब यात्रा गरेका पार्टी जिल्ला संयोजक मदन पौडेलले बताए ।

दबाबमूलक पैदल यात्रा सुरू भएको तेस्रो दिन आज बुधबार बर्दघाटबाट बुटवल पुगेर यात्रा सकिने छ । रविको टिम सोमवार पूर्वी नवलपरासीको गैँडाकोटमा ११३ किलोमिटर यात्रा सुरु गरेको थियो । टोली साँझसम्म बुटवल पुग्ने बताइएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ३ : ५९ बजे