Logo

Breaking News 1

नेकपाको उत्तराधिकारी हामी हौँ : माधव नेपाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारी आफूहरू भएको बताएका छन् ।

बुधवार पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी चाँडै दसौँ महाधिवेशन गर्न गइरहेको बताए ।

नेता नेपालको अगुवाइमा २ वर्षअघि एमालेसँग विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । तत्कालीन पार्टीका महासचिव तुलसीलाल अमात्य भएका बेला पुष्पलालले विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १ : ५६ बजे