Logo

Breaking News 1

नेकपा एकीकृत समाजवादीको बैठक सुरु



काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको सातौं बैठक आज सुरु भएको छ । शुक्रबारसम्म चल्ने बैठकको पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा उद्घाटन गरिएको छ ।

अगामी जेठमा गर्ने पार्टीको अधिवेशन तयारीका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल गर्नका लागि बैठक आयोजना गरिएको महासचिव घनश्याम भुसालले बताए ।

आजको बद्लिदो अन्तर्राष्ट्रिय परिस्थिति, विज्ञान र प्रविधि र सामाजिक विज्ञानदेखि लिएर अन्य विविध विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

पार्टी अध्यक्ष माधवकुरमार नेपालको संयोजकत्वमा २७ सदस्यि कमिटी गठन गरेको बताउँदै उनले महाधिवेशको लागि घनिभूत छलफल गर्न मस्यौदा तयार गर्ने बताए ।

उनले भने, ‘हामी महाधिवेशनसम्म पुग्ने सांगठनिक व्यवधानहरु खोल्ने र सांगठनिक रुपमा बलियो उपस्थिति जनाउनमा केन्द्रित छौं ।’

महाधिवेशनसम्म जान आवश्यक कुराहरुमा बैठक केन्द्रित रहने उनको भनाइ छ  ।  बैठकमा पार्टी अध्यक्ष नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको जनाइएको छ ।

विधान संशोधन गर्न एकीकृत समाजवादीले आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १ : १५ बजे