Logo

खेलकुद

काठमाडौं जेभियर्स र सनसाइन उपाधिनजिक



काठमाडौं । काठमाडौं जेभियर्स र सनसाइन १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । प्याब्सन मध्य क्षेत्रीय समिति काठमाडौंद्वारा आयोजित प्रतियोगितामा जेभियर्सले चैतन्यलाई २०–१२ ले पराजित ग¥यो । काठमाडौं जेभियर्सका रोशन राउतले ५ अंक जोडे ।

सनसाइनले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई १३–१२ ले हरायो । सनसाइनका सुवासले ७ स्कोर गरे । सिनियर ब्वाइजमा पनि काठमाडौं जेभियर्स फाइनलमा पुग्न सफल भयो । काठमाडौं जेभियर्सले एआईएलाई २२–१४ ले पाखा लगायो । जितमा रोनित श्रेष्ठले ९ अंक योगदान गरे । फाइनलमा काठमाडौं जेभियर्सले हेम्सको सामना गर्ने छ । अर्को सेमिफाइनलमा हेमन्तको ५१ अंक सहयोगमा हेम्सले सनसाइनलाई ५१–३० ले पन्छाएको थियो ।

सिनियर गल्र्समा एसियन पब्लिक र इनोभेटिभ उपाधिका लागि भिड्ने भएका छन् । एसियन पब्लिकले सृजनशीलमािथ १३–७ को जित दर्ता ग¥यो । एसियनकी सारिका बोहराले ५ स्कोर गरिन् । इनोभेटिभले काठमाडौं जेभियर्सलाई २०–५ ले सहजै पाखा लगाउदै तीन उपाधिनजिक पुग्नबाट रोक्यो । इनोभेटिभकी रिद्धि घर्तीले १४ अंक जोडिन् । फाइनल बुधबार हुनेछ ।

टीआईएलाई सफलता
काठमाडौं। आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘बी’ ले १५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार जित हात पारेको छ । हात्तीगौंडास्थित घरेलु कोर्टमा टीआईए ‘बी’ ले हिमालयन बोर्डिङ स्कुललाई १४–११ ले पराजित ग¥यो ।

टीआईए ‘बी’ की पेमा डोमा शेर्पाले ४ अंक जोडिन् । सिनियर गल्र्समै बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले टीआईए ‘ए’ लाई १४–७, निम्सले स्किब्सलाई १६–६ र एनसीसीएसले मन्जरीलाई ३३–२ ले हराए । बीएनएकी स्मृति खत्रीले १४, निम्सकी टीना लिम्बुले ६ र एनसीसीएसकी ग्रिभा महर्जनले १३ स्कोर गरे । सिनियर ब्वाइजमा टीआईए ‘बी’ ले फ्युजन एकेडेमीलाई २४–१६ तथा विल्सन एकेडेमीले बीएमसीएलाई ४४–२५ ले पाखा लगाए । टीआईए ‘बी’ का सार्थक धितालले ९ तथा विल्सनका रेहान डंगोलले १८ अंक बटुले ।

जोसेफ सफल
काठमाडौं । जोसेफले सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा मंगलबार सफलता पाएको छ । उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा जोसेफले त्रिवेणी सदनलाई २–० गोलले पराजित गरेको हो । चाबहिल गणेशथान मैदानमा भएको अन्य प्रतिस्पर्धामा छहारी सदनले अपी ‘ए’ लाई २–०, कौशल बोर्डिङ स्कुल (केब्स) ले प्राक्सिसलाई २–० र एमसीपीएसले क्लिनटनलाई ४–३ (टाइब्रेकर) गोलले हराए । पशुपतिले नेहबरउडबाट वाकओभर पायो ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : ३३ बजे