Logo

मुख्य समाचार

कारको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु



काठमाडौं । कास्कीमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको हो ।

गएराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले ठक्कर दिँदा पोखरा महानगरपालिका–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पठाएकोमा डाक्टरहरुले मृत घोषणा गरेका हो ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ९ : ५७ बजे