Logo

Breaking News 1

चिन जाने क्यानोइङ टोलीको विदाइ



काठमाडौं । चिनमा हुने नु चियाङ वाइल्डवाटर क्यानोइङ इन्टरनेसल ओपनमा नेपालले सहभागिता जनाउने भएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले सो प्रतियागितामा भाग लिने टिमको नेतृत्व गर्ने सुर्यप्रसाद, प्रशिक्षक युवराज अधिकारी र खेलाडीहरु विकास गुरुङ र गणेश गुरुङलाई शुभकामनासहित विदाइ गर्नुभयो । सो प्रतियोगिता नु चियाङको स्वायत्त प्रान्त युन नानमा आगामी डिसेम्बर २६ देखि जनवरी १ तारिखसम्म हुनेछ ।

एनओसीका अध्यक्ष श्रेष्ठले विदाइ कार्यक्रममा भन्नुभयो– तपाईँहरुले प्रतियोगितामा शतप्रतिशत दिएर खेल्नुहोला र सफलता प्राप्त गर्नुहोला । सो विदाइ कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोस, नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ, महासचिव सुदीप गौतम, कोषाध्यक्ष महैश थापा र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ५ : ४१ बजे