Logo

समाचार

अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा



काठमाडौं । अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । बसमा स्थानीयले आगजनी गरेपछि अवरुद्ध बनेको राजमार्ग दिउँसो १ बजेपछि सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौँबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  २ : ५२ बजे