Logo

Breaking News 1

सन्त नेता भट्टराईले देखाएको बाटोमै पार्टी र सरकार चलिरहेको छ : उपप्रधान मन्त्री खड्का



काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्काले, नेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटोमा पार्टी र सरकार संचालन गरिरहेको जिकिर गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शतवार्षिक जन्मोत्सव विशेष कार्यक्रममा बोल्र्दै उनले, भट्टराईले देखाएको बाटोमा पार्टी र सरकार सञ्चालन गरिरहेको दाबी गरे ।

कमजोरीलाई सच्याउने संकल्पसहित पार्टी र सरकारको गतिविधि अगाडि बढाउने उनको प्रतिबद्धता छ ।

उनले भने, ‘उहाँलाई श्रद्धाञ्जली व्यक्त गदै हामीले पार्टी सञ्चालनमा र सरकार सञ्चालनमा उहाँले दिएको बाटोहरु र उहाँको. निष्ठाको कुरा गछौँ । उहाँको जीवन पद्धतिको कुरा गछौँ । कहाँ कहाँ हामीले गल्ती गरेको छौं । ती कुराहरु प्रति इमान्दारितापूर्वक स्मरण गदै भएका कमजोरीलाई सच्याउने दोहोरिन नदिने  संकल्पसहित पार्टीको गतिविधि सरकारको गतिविधि अगाडि बढाउने प्रतिबद्धता र उहाँले देखाएको बाटोमा हिड्ने प्रतिबद्धता जनाउँछु ।’

उनले स्वगिय नेता भट्टराई देश र जनताको लागि धेरै चिन्तित रहने व्यक्ति भएको भन्दै पञ्चायतको आन्दोलनमा लोकतन्त्रको पुनस्थापनाको लागि नेपाली माटोमा बसेर नेपाल नछोडी संघर्ष गर्नुपर्छ भनेर नेतृत्व गरेको कुरा विषेश रहेको बताए ।

उनले भने,‘उहाँ  देश र जनताको लागि धेरै चिन्तित हुनुथ्यो । पञ्चायतको आन्दोलनमा लोकतन्त्रको पुनस्थापनाको लागि  पनि नेपाली माटोमा बसेर नेपाल नछोडी संघर्ष गर्नुपर्छ भनेर नेतृत्व गर्ने त्यो कुरा उहाँको विषेश छ । ’

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ३ : २९ बजे