Logo

Breaking News 1

राजनीति विकृतिको थुप्रोमा उभिएर किशुनजीलाई सम्झनु दुखद्ः मन्त्री गुरुङ



काठमाडौ । कानुन न्याय तथा संघीय मामिलामन्त्री धनराज गुरुङले नेपाली राजनीतिमा विसंगति र विकृतिको थुप्रो देखिएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराई (किशुनजी) को शतवार्षिक जन्मोत्सव विशेष कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिमा देखिएको विसंगति र विकृतिको थुप्रोमा उभिएर किशुनजीलाई सम्झनुपर्दा अप्ठ्यारो महशुस भएको बताएका हुन् ।

उनले कृष्णप्रसादको जस्तो सन्त, निष्ठाभाव आफूमा पनि अलिअलि सरिदिए साँच्चिकै श्रदाञ्जलि गरेको पुग्ने बताए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ३ : २२ बजे