Logo

Breaking News 1

अब सेवाग्राहीले बिना भेदभाव पेसी तारिख प्राप्त गर्छन्  : प्रधानन्यायाधीश श्रेष्ठ



काठमाडौं । देशभरका सबै उच्च अदालतहरूका मुद्दा पेसीमा स्वचालित प्रणाली सुरु भएको छ ।

आज बिहान उच्च अदालत पाटनमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको उद्घाटन गरेसँगै देशभरका उच्च अदालतहरुमा स्वचालित पेसी प्रणाली सुरु गरेका हुन् ।

उक्त प्रणालीको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले, अब न्यायिक काम कारबाही तथा प्रशासनिक काम कारबाहीमा सरलता आउने विश्वास व्यक्त गरे ।

उनले मुद्दा पेसीमा स्वचालित प्रणाली सुरु भएसँगै सेवाग्राहीहरूलाई भेदभाव बिना पेसी तारिख प्राप्त हुने बताए ।

उनले कसैको सहयोगबिना देशकै आइटि टिमबाट प्रणाली ल्याएकोले केही समस्या आएमा समाधान खोजेर सफल बनाउने विश्वास व्यक्त गरे । यसपछि जिल्ला अदालतमा पनि यसको शुभारम्भ गर्नका लागि अध्ययन सुरु गरिसकेको उनले जानकारी दिए ।

उनले निकट भविष्यमा नै अधिवक्ताको ल फर्मबाटै मुद्दा, रिट, निवेदन दर्ता गर्ने प्रणालीको विकास गर्ने समेत उनको भनाई थियो ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १ : ३८ बजे