Logo

समाचार

४० बर्षपछि भारतमा भेटिए लिम्बु



झापा । ताप्लेजुङको साविक तेल्लोक गाविसबाट ४० बर्षअघि बेपत्ता रहेका धनबहादुर लिम्बु भारतको सिक्किममा भेटिएका छन् ।

सिक्किममा भेटिएका लिम्बुलाई जिल्ला प्रहरी कार्यालय झापाले उद्दार गरेर आफन्तलाई जिम्मा लगाएको हो ।

हालको श्रीजंगा गाउँपालिका वडा नं ३ का लिम्बु वेपत्ता भएको ४० बर्ष अघिदेखि परिवारको सम्पर्कमा थिएनन् । प्रहरीका अनुसार सिक्कीमस्थित अन्तराष्ट्रिय मानव परिषद नामक संस्थाले लिम्बुलाई दुई महिना अघि बेवारिसे अवस्थामा फेला पारेको र पुनस्र्थापना केन्द्रमा राखेको थियो ।

सो संस्थाले नेपाल प्रहरीसँगको समन्वयमा लिम्बुका भतिजा नाता आइतराज लिम्बुको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १२ : १६ बजे